
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ ।
धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ ।
पेट दुखेपछि अस्पताल पुगेका मगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको प्रादेशिक अस्पतालले जनाएको छ । केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको रोकायाले बताएका छन् ।
यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोतल भेटिएको थियो । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट बोतल निकालेका थिए ।
प्रतिक्रिया दिनुहोस्