Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आजबाट विक्रम सम्वत २०८० साल सुरू, शुभकामना आदानप्रदान गरी मनाइँदै


117
Shares

काठमाडौं । आजबाट विक्रम सम्वत २०८० सालको पहिलो दिन सुरु भएको छ ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन वैशाख १ गतेलाई नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ । विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज (शुक्रबार)बाट सुरु भएको हो ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि मनाउँने गर्दछन ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता-असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न नयाँ वर्षका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् ।आजको दिनमा नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षका दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

विक्रम संवत हिन्दु पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दु परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाईनै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ।

कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको मानिन्छ ।