Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


हाङझाव एसियाडको तयारी प्रशिक्षण बैशाखदेखि हुने


91
Shares

काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एशियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराए ।

पहिलो चरणको प्रशिक्षण बैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ । त्यसमा ४ सय २५ खेलाडी सहभागी हुने छन् । २९५ खेलाडी सहभागी हुने दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुने छ । अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुने छ । अन्तिम चरणमा खेलाडी संख्या १ सय ६८ कायम हुने छ ।

प्रशिक्षण सुरु हुनुअघि बैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुने छ । यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टीसहित समय हेरफेर गर्न सकिने सदस्य-सचिव घिसिङले जानकारी दिए । सदस्य-सचिव घिसिङले हाल तयारी प्रशिक्षणका लागि २ करोड बजेट प्राप्त भएको बताउदै थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिवद्धता जनाएको जानकारी गराए ।

नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । एशियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने छ ।