सिरहा । सिरहा बजारस्थित प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी हुँदा एक बिरामीको मृत्यु भएकाे छ ।
बरियारपट्टी खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको हाे ।
आगलागीका कारण बिरामीहरुको भागाभाग हुँदा अस्पतालमा डायलाइसिस गराइरहेका दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ ।
प्रहरीका अनुसार डायलाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वार्डमा भागाभाग भएको थियो ।
डायलाइसिसका क्रममा रगतको कमी भएका दासलाई आगलागी हुनुभन्दा अघिदेखि रगत चढाउने क्रम जारी थियो ।
आगलागी हुन थालेपछि स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा अत्यधिक रक्तस्राव भएको थियो । रक्तस्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको थियाे ।





प्रतिक्रिया दिनुहोस्