Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


रौतहटमा गोली चल्दा एक जना घाइते


845
Shares

रौतहट । रौतहटको गरुडा बजारमा गोली चल्दा एक जना घाइते भएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच बुधबार भएको झडपमा गोली लागेर गरुडा नगरपालिका वडा नम्बर – ५ स्थित लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादव घाइते भएकाे हुन् ।

उनकाे दाहिने हातमा गोली लागेर घाइते भएका हुन् । यादवलाई उपचारका लागि अस्पताल लागिएको छ । स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रुग्यास, एसएलआर र राइफलले गोली प्रहार गरेको थियो ।

साेही क्रममा चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

मेयरका उम्मेदवार दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यादवको टोलीले सूचनाको माग गर्दै केही दिनदेखि नै नगरपालिपकाविरुद्ध प्रदर्शन गर्दै आएको छ ।