Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु


3.6k
Shares

भटिन्डा । यहाँस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ । आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो ।

घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो ।

घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी गरी घटनामा संलग्नको खोजी भइरहेको छ । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।