८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


नेपाली जनसम्पर्क समिति नर्वेको साधारणसभा सम्पन्न


130
Shares

काठमाडाैं । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति नर्वेको चौथो वार्षिक साधाणसभा तथा अन्तरक्रिया कार्यक्रम साेमबार भव्यातापूर्वक सम्पन्न भएको छ।

सो कार्यक्रमको सभापतित्व यस कार्यसमितिका कार्यवाहक सभापति पारस मणि मिश्रले गर्नु भएको हो। जनसम्पर्क समिति नर्वेका संस्थापक सभापति तथा एन आर एन ए अध्यक्ष जीवन बहादुर शाहीको प्रमुख आतिथ्यता र एनएमबीयूको प्रोफेसर डा. बिशाल सिटौलाको विशेष आतिथ्यता रहेको कार्यक्रममा नर्वेमा क्रियाशील रहेका विभिन्न नेपाली संस्थाका प्रतिनिधिहरू र संस्थामा आबद्ध सय बढी सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य राख्दै लामो समयसम्म हुन नसकेको साधारणसभा कार्यबाहक सभापति भएको एक महिना नबित्दै सफलता पूर्वक सम्पन्न गर्न सफल कार्यवाहक सभापति मिश्रलाई अब निकट भविष्यमै अधिवशन गर्न उहाँकै संयोजकत्वमा २ सदस्यहरू राखी अधिवेशन तयारी समिति गठन गरी आवश्यक आधारभूत कार्यहरू चाँडै नै पूरा गरी अधिवेशनको मिति तोक्न सुझाव समेत दिएका थिए।