
फाइल तस्बिर
काठमाडौं । सगरमाथामा आरोहणकाे क्रममा तीन शेर्पा आरोही बेपत्ता भएका छन् ।
बेसक्याम्पबाट क्याम्प वानमा जानेक्रममा खुम्बु आइसफल भन्ने स्थानमा ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा दावाछिरी शेर्पा, पेम्मा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् ।
उनीहरुको अवस्था अज्ञात छ । यसबारे आधिकारिक जानकारी आउन बाँकी छ ।





प्रतिक्रिया दिनुहोस्