
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक मंगलबार राति कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ ।
मंगलबार राति साढे १२ बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार दुर्घटना भएको हाे । साेही दुर्घटनामा परी ४ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो।कार दुर्घटनामा एक जना घाइते भएकाे प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्