Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


वायुसेवा निगमका वरिष्ठ क्याप्टेन शेरचन निलम्बन


26
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचनलाई निलम्बन गरेको छ। निगमले गत १ अप्रिलको दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन शेरचनलाई निलम्बन गरेको हाे।

सो घटनामा छानबिन गर्न बनेको समितिको प्रारम्भिक रिपोर्टमा निजलाइ निलम्बन गरेर थप अनुसन्धान गर्नुपर्ने देखिएकोले कार्यकारी अध्यक्ष युवराज अधिकारीले शेरचनलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।

तत्कालीन अपरेसन विभागका निर्देशक वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचनले जगेडा नराखी चार जना पाइलटलाई एकैपटक तालिममा सहभागी गराउँदा उडान ढिलो भएको अनुसन्धानबाट खुलेकाे हाे ।

यस्तै मलेसिया उडानका लागि चाहिने उडान अनुमति समयमा नवीकरण गर्न पहल नगरी हेलचेक्र्याइँ गर्ने क्याप्टेन विजय लामालाई निगमले विभागीय कारबाही गरिएकाे स्राेतले जनाएकाे छ ।

आफ्नो कर्तव्य पालनामा चुकेका उपनिर्देशक वरिष्ठ क्याप्टेन लामासहित ओ.सी.सी. म्यानेजर चक्र नकर्मी र मलेसियाका कन्ट्री म्यानेजर नेत्रराज रावतलाई पनि विभगीय कारवाही गरिएकाे छ ।