
काठमाडौं । पत्रकार ईन्जिना कार्कीले ठगी मुद्दामा सफाई पाएकी छिन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्कीले शिवशिखर सहकारी र प्रहरीको मिलेमतोमा आफूलाई नियोजित रुपमा फसाइएको भएपनि अदालतबाट न्याय पाएको बताइन् ।
पत्रकार कार्कीले सहकारी र प्रहरीले मिलेमतो गरेर आफूले गर्दै नगरेको कामलाई लिएर फसाएपनि अभियोग पुष्टि हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले आफूलाई गत चैत्र ६ गते सफाई दिएको पत्रकार सम्मेलनमा बताइन्।
यसका साथै कार्कीले अनुसन्धानका क्रममा प्रहरीले २९ दिनसम्म हिरासतमा राखेर आफूलाई मानसिक र शारीरीक रूपमा यातना दिएको समेत आरोप लगाएकी छन् ।त्यसमा अपराध महाशाखाका डिएसपी दिलबहादुर मल्लको ज्यादतीले आफू निकै मर्माहत भएको पत्रकार कार्कीको भनाई छ । प्रहरीले महिला प्रहरी पनि नराखी बयान लिएर मानसिक र शारीरिक रूपमा यातना दिएको कार्कीको भनाई छ ।
डिएसपी मल्लले आफूलाई अहिलेपनि निरन्तर रुपमा हैरानी दिएको भन्दै न्यायिक उपचार खोज्न मल्ल बिरुद्ध राष्ट्रिय मानव अधिकार आयोग र प्रहरी प्रधान कार्यालयमा उजुरी दिएको कार्कीले बताइन् । कार्कीले पत्रकार सम्मेलनमा डिएसपी मल्लले आफूसँग गरेको कुराकानीको अडियो समेत सार्वजनिक गरेकी थिईन् ।
प्रतिक्रिया दिनुहोस्