१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


भ्रष्टाचार हुन दिने छैनौं : सांसद जबरा


273
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ति सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराउनुभयो ।

उहाँले मन्त्रीका छोराहरुले विभिन्न घटनाहरु घटाइरहेका भन्दै उनीहरुलाई कानूनी कठघरामा लानुपर्ने बताउनुभयो ।

उहाँले एकदिन देशमा पुनः सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना हुने दाबी गर्नुभयो ।