१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौति गर्नुपर्ने सांसद देवकाटाको प्रस्ताव


754
Shares

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौति गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० बनाउनुपर्ने बताउनुभएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।

सांसद देवकोटाले काठमाडौंमा धेरै वटा निर्वाचन क्षेत्र भएको पनि बताउनुभयो । उहाँले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गर्नुभयो ।