
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् ।
आइतबार राति भएको खेलमा आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेलेका हुन् ।
खेलको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । यसैगरी, २८ औं मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए । तर, ४२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि, ८७ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याए ।
यो बराबरीसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी बढाउने अवसर गुमायो । लिगमा ३० खेलबाट आर्सनलको ७३ अंक भएको छ । २९ खेलबाट म्यानचेस्टर सिटीको ६७ अंक छ ।
प्रिमियर लिगकै अर्को खेलमा आइतबार राति क्रिष्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ ले हराएको छ । जितसँगै क्रिष्टल प्यालेस ३३ अंकसहित तालिकाको १२ औं स्थानमा उक्लिंदा २९ अंक जोडेको लिड्स युनाइटेड रेलिगेशन क्षेत्रभन्दा दुई अंक मात्रै माथि छ ।
प्रतिक्रिया दिनुहोस्