Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


दलहरुको चुनाव चिन्ह गाउँमा पुग्यो, आममान्छे छुन सकेनन् : रवि लामिछाने


1k
Shares

बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापित भनिएका पार्टीहरुको झण्डा, नाम, चुनाव चिन्ह गाउँ–गाउँसम्म पुगे पनि पार्टीको नारा विचार सिद्धान्तले गाउँको समस्या अंकमाल गर्न नसकेको बताउनु भएको छ ।

आइतबार बारा २ को चुनावी सभालाई सम्बोधन गर्न आएकोले सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीहरु देश मात्र नभई विदेश फैलिए पनि त्यस्ता पार्टीहरुले आममान्छेलाई छुन नसकेपछि आफूहरु उपस्थित भएको बताउनु भयो ।

सभापति लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिलाई शुद्धीकरण गर्दै अगाडि बढ्ने अभियानमा आफनो पार्टी रहेकोले समाजमा स्थापित राजनीति दलको उदेश्य जनता प्रति उतरदायी नबन्दा राजनीति गलत व्याख्याको शिकार भएकोले आफ्नो दल जनता प्रति समर्पित रहने हालसम्मको निर्वाचित सांसदहरुको प्रस्तुतिले प्रष्ट पारेको जिकिर गर्नुभयो ।

घण्टी बजाएर थालिएको राजनीतीक विद्रोह मुलुकलाई ट्रयाकमा ल्याउन युवाहरुको विद्रोह भएकोले घण्टीको पवित्रता नै भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामिछानेले दाबी गर्नुभयो ।