१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


प्रधानमन्त्री दाहालमाथि कड्किए ‌ओली


7.41k
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवद्धताको मात्रै वर्षा गर्ने गरेको टिप्पणी गर्नु भएको छ ।

मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री दाहालले ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा प्रतिवद्धताको वर्षा मात्रै गर्ने गरेको उहाँको भनाइ छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री दाहालले भने राम्रो छ भनेर बसिरहेको तर्क गर्नुभयो । बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

आजै आयोजित अर्को एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दावी गर्नुभएको थियो । पार्टी निकट अखिल नेपाल महिला संघको आज काठमाडौंमा सूरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले एमाले सवाधिक बलियो दल रहेको दावी गर्नुभयो ।

उहाँले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्ति लागेपनि त्यसलाई जोगाएर पार्टी सशक्त बनाउन सबैको सक्रियता आवश्यक रहेको बताउनुभयो । अहिले एमाले भित्र कुनै पनि गुटबन्दी नभएको भन्दै उहाँले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराउनुभयो ।