नवलपरासी । महेशपुर भन्सार कार्यालयले मिलेमतोमा सामान लिलाम गरेको आरोप स्थानीयले लगाएका छन । राजश्व छलेर ल्याइएका सामान भन्सार कार्यालयमा कर्मचारीको मिलेमतोमा लिलाम गर्ने गरेको स्थानीयले बताए ।
नवलपरासीको भारतको उत्तर प्रदेशसँग सीमाना जोडिएको छ । यस नाकाबाट दैनिक भन्सार छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।
बुझाइएका सामान लिलाम गर्ने समयमा सम्पर्कमा रहेका तस्करी गर्ने व्यक्तिलाई बोलाएर सोही अनुसारको कागज पत्र तयार गरी सामान मिलाईदिने गरेको सो क्षेत्रका ब्यवसायी बताउँछन ।





प्रतिक्रिया दिनुहोस्