Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


मैलुङ स्याफ्रुबेँसी सडक अलपत्र


182
Shares

काठमाडाैं । निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा पनि मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडक छेउमा पर्खाल लगाउने बाहेकको अरू काम हुन सकेको छैन ।

लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा मुआब्जाको समस्या कम रहेको योजनाले जनाएको छ । निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सो ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो । अवधि थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उहाँले बताउनुभयो । कामको प्रगति हेरेर निर्माणको काम अघि बढाए मात्रै थप हुने उहाँको भनाइ छ ।

भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिइएको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाई १९ किमी रहेको छ ।