२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र


117
Shares

काठमाडाैं । बझाङको सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र परेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरर्गत सेती लोगमार्गले निर्माण गर्न लागेका ३ वटा पक्की पुलमध्य एउटा पक्की पुलको मात्रै काम सुरु भएको छ ।

२०७५ सालमा डेन्डर भएर काम सुरु गरेका निर्माण कम्पनीको लापवार्हीका कारण पुल अलपत्र परेका स्थानीयको गुनासो छ । खप्तड छान्ना गाउँपालिका– ७ मा पर्ने विजाडी गाडमा बन्न लागेको पक्की पुलको काम अन्तिम चरणमा भएपनी ठेगदार सम्पर्क विहीन भएका कारण यहाँका नागरीक समेत समस्यामा परेका हुन । पुलमा काम गर्ने मजदुरले समेत रकम पाएका छैनन् ।

गिट्टी कुटेको, बालुवा बोकेको अर्थात मजदुरी गरेकाहरु कसैले पनी अहिले सम्म एक पैसा पाएका छैनन् । ठेगदारले नै काम चलाउनका लागी भन्दै स्थानीय बाट लिएको नगद रकम समेत लिएर सम्पर्क विहीन भएको छ ।