
काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् सदस्य दुर्गा सुवेदीले सीके राउतका कार्यकर्तालाई चेतावनी दिनुभएकाे छ ।
सीके राउतका कार्यकर्ताले पार्टीका नेता कार्यकर्ताबारे व्यक्तिगत रुपमा गाली गलौज र चरित्र हत्या गर्ने खालको सामाग्रीहरु सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोप्रति लक्षित गर्दै उहाँले उक्त चेतावनी दिनु भएकाे हाे ।
सुवेदीले निर्वाचनको सम्मुखमा सीके राउतका कार्यकर्ताहरुबाट भइरहेका अवाञ्छित गतिविधिहरुबाट सजग रहन र त्यसको सशक्त प्रतिवाद गर्न पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएकाे छ ।
उहाँले निर्वाचनको समयमा जनतामाझ भ्रम फैलाउने गरी गतिविधि गर्नेहरुमाथि सम्बन्धित निकायले कारवाही गर्नुपर्ने बताउनु भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्