२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


ठूलो परिमाणमा लागुऔषध गाँजासहित ट्रक चालक पक्राउ


338
Shares

काठमाडौं । प्रहरीले जनकपुरधामबाट ठूलो परिमाणमा गाँजा सहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट १२४ किलो गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर–८ मनहरी बस्ने शन्तबिर दोङ रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।

मकवानपुरबाट भारत पठाउनका लागि ट्रकमा वेल्डिङ गरेर गाँजा लोड गरी ल्याइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा दोङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।