Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


प्रदर्शनकाे तयारी गरिरहेका मिटरब्याज पीडित काठमाडाैंमा पक्राउ


988
Shares

काठमाडौं । प्रदर्शनकाे तयारी गरिरहेका मिटरब्याज पीडित पक्राउ परेका छन् ।

शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले धरपकड गरेकाे हाे ।

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग उनीहरूकाे माग छ ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार ५ बुँदे सहमति गरेकाे थियाे । तर उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै उनीहरू प्रदर्शनकाे तयारी गरेका हुन् ।