काठमाडौं । १० दलीय गठबन्धन सरकारले ६ महिनाभित्र नागरिकतासम्बन्धी ऐन पारित गर्ने प्रतिबद्धता जनाएको छ ।
बिहीबार सार्वजनिक संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकसम्बन्धी ऐन पारित गर्ने प्रतिबद्धता जनाएको हो ।
नागरिकता ऐनमा लैंगिक विभेद पनि अन्त्य गर्ने विषय पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ । सरकारले नागरिकताबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने हेतुले ६ महिनाभित्र नागरिकतासम्बन्धी ऐन ल्याउने प्रतिबद्धता गरेको छ ।





प्रतिक्रिया दिनुहोस्