१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने कसैलाई आयोगले छोड्दैनः निर्वाचन आयुक्त भण्डारी


143
Shares

बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने भएको छ ।

वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनर्विाचन प्रयोजनार्थ आचारसंहिता लागू हुने बताउनु भयो ।

उहाँले आचारसंहिता उल्लंघन भए उल्लंघन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रवारबाट आचारसंहिता लागू हुने बताउनु भयो ।

कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि बताउनु भयो ।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता कडाईकासाथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । उहाँले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहिता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आचारसंहिता उल्लंघनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहिता उल्लंघन भए उल्लंघन कर्ता सजायको भागिदार हुने बताउनु भयो ।