
काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाई दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाई दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने बताउनुभएको हो ।
त्यस्तै, उहाँले भरतपुरको बिपी कोईराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेशिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलब खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्