Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


प्रहरी जवानले गरे झुण्डिएर आत्महत्या


17.5k
Shares

काठमाडौं । मुगुमा बुधबार दिउँसो एक प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् ।

जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का २६ वर्षीय अनिल बुढाले पौने ३ बजेतिर झुण्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उनले छायानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

मुचुल्का उठाई शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।