
काठमाडाैं । सर्वाेच्च अदालतमा रिट परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख खाेल्नुभएकाे छ।
बुधवार चितवनमा आयोजित कोणसभालाई सम्वोधन गर्दै उनले नागरिकता र पासपोर्टको मुद्दा उचालेर आफूलाई विवादमा पार्न खोजिएको बताउनु भयाे।
लामिछानेले नागरिकता र पासपोर्टको मुद्दा लड्नु परे पनि जनजीविकाको मुद्दा उठाउन नछाड्ने बताउनु भयाे ।
चितवन २ का उम्मेदवार समेत रहेका लामिछानेले अब ३० वर्ष सत्तामा बसेकाहरूलाई जनताले प्रश्न सोध्नुपर्ने सुझाउनु भयाे ।
राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
पौडेलले दायर गरेको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गर्नुभएकाे छ ।
पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत आठ व्यक्ति तथा निकायलाई विपक्षी बनाउनु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्