३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


चेल्सी र लिभरपुलले अंक बाँडे


494
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले अंक बाँडेका छन् ।

मंगलबार राति भएको खेलमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पछिल्लो समय खराब लयमा रहेका दुई टोलीबीचको बराबरीले लिग तालिकामा खासै फेरबदल गरेन । दुई दिनअघि मात्रै प्रशिक्षक ग्रामह पोटरलाई बर्खास्त गरेको चेल्सी अहिले नयाँ प्रशिक्षकको खोजीमा छ ।

यो बराबरीसँगै लिगमा २९ खेलबाट चेल्सीको ३९ अंक मात्रै छ । चेल्सी लिगको ११ औं स्थानमा रहेको छ । २८ खेलबाट ४३ अंक जोडेको लिभरपुल तालिकाको आठौं स्थानमा छ ।

प्रिमियर लिगकै अन्य खेलहरुमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ ले हराउँदा ब्राइटनले बर्नमाउथलाई २–० ले तथा लिड्स युनाइटेडले नटिङ्घम फरेष्टलाई २–१ ले हराएका छन् ।