Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


प्रकाशमान सिंह बक्सिङ प्रतियोगिता


143
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाज र नागरिकलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यक रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा सुरु भएको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप, २०२३ लाई सम्बोधन गर्दै उहाँले जुनसुकै विधाका खेलाडीहरु पनि अनुशासित भएर खेलमा प्रस्तुत हुँदा उनीहरुका गतिविधिले समाज परिवर्तन गर्न र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्ने बताउनु भयो ।

उहाँले खेलाडीहरुबाट अनुशासित नागरिक उत्पादन गर्न सकिने बताउनु भयो । नेता सिंहले खेलले स्वस्थ बनाउने मात्रै नभइ समाज सभ्य राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

नेता सिंहले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलाडीहरु उत्पादन स्थल भएको र यस प्रतियोगिता खेलाडीहरुका लागि पनि राष्ट्रिय स्तरमा छनोट हुने माध्यम बन्ने बताउनु भयो ।