३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


राष्ट्रपतिबाट कृष्ण मन्दिरमा पूजा


0
Shares

काठमाडौं, भदौ १७ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ललितपुरस्थित कृष्ण मन्दिरमा पूजा अर्चना गरेकी छन् ।

अपरान्ह कृष्ण मन्दिर पुगेकी राष्ट्रपति भण्डारीले मन्दिरको माथिल्लो तलामा पुगेर पूजा अर्चना गरेकी हुन् ।

मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले टीका तथा प्रसाद ग्रहण गरिन् ।

कृष्ण अष्टमीको अवसरमा राष्ट्राध्यक्षबाट कृष्ण मन्दिरमा पूजा गर्ने चलन छ ।