४ असार २०८२, बुधबार | Wed Jun 18 2025


टोटनह्याम र एभर्टनले अंक बाँडे


78
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र एभर्टनले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार राति भएको खेलमा टोटनह्याम र एभर्टनले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ९० औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १–१ को बराबरीमा ल्याए ।

दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो । खेलको ५८ औं मिनेटमा अब्दुलाए डोकुरेले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटियो भने ८८ औं मिनेटमा लुकास मोउराले रातो कार्ड पाएपछि टोटनह्याम पनि १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै टोटनह्याम ५० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । एभर्टन २७ अंक जोडेर १५ औं स्थानमा छ ।