१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


एकैदिन थपिए ७६ जना कोरोना संक्रमित


234
Shares

काठमाडौं । देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३४५ जनाको पीसीआर र ८०६ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार १६ जना संक्रमणमुक्त भएका छन् । हाल २२७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।