२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


तनहुँ-१ बाट एमालेका सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता


416
Shares

काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि खनालले सोमबार उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँ-१ मा उपनिर्वाचनका हुन लागेको हो ।