
मोगादिसु, भदौ १७ । सोमालियाको राजधानी मोगादिसुमा आत्मघाती विस्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।
मोगादिसुको हाउल्वादाग जिल्लामा स्थानीय सरकारी कार्यालयलाई लक्षित गरी भएको विस्फोटमा १४ जना घाईते भएका छन् ।
विस्फोटका कारण धेरै घरहरु ध्वस्त भएका छन् ।
सोमालियामा सक्रिय रहेको विद्रोही समूह अल सबाबले दशकौंदेखि यस्ता आक्रमण गर्दै आएको छ । विस्फोटको जिम्मा भने कसैले लिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्