
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ चौवन्नमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोकिदा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते छन् ।
बिग्रिएर सडकमा रोकिराखेको ग१ख ३८३५ नम्बरको मिनिट्रकको पछाडी उनीहरू तीनजना सवार रा३प ७६७० नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा कपिलवस्तुको विजयनगर गाउँपालिका–४, त्रिपालनगरका २९ वर्षीय बाबुराम कुँवरको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका दाङको घोराही उपमहानगपालिका–१, रामपुरका ३० वर्षीय बलदेव पौडेल र विजयनगर–४ का ३५ वर्षीय राज मगरको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकलका चालक को हुन् भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्