१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


चोर बाटो होइन मूलबाटोबाटै आएको हुँ : उपेन्द्र यादव


1.716k
Shares

काठमाडाैं । बारा २ मा गठबन्धनका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर– २ मा उम्मेदवारी दिने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफू मूलबाटोबाटै निर्वाचन लड्न लागेको बताउनु भएकाे छ ।

उम्मेदवारी दर्ताका लागि आइतबार बारा पुगेका अध्यक्ष यादवले यस्ताे बताउनु भएकाे हाे । अध्यक्ष यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतले चोर बाटोबाट आएको भनेर लगाएको आरोपको यादवले प्रतिवाद गर्नुभयाे ।

उहाँले भने, ‘म चोर बाटो होइन, नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन । झन्डा उठाएर अघि बढेका छौ । हामी मूलबाटोबाटै आइरहेका छौ’,

उहाँले वातावरण अत्यन्त उत्साह वर्द्धक र राम्रो रहेकाले आफूले उपनिर्वाचनमा जित्ने निश्चित रहेको बताउनु भयाे ।

‘गठबन्धनमा आबद्ध नेता कार्यकर्ता सबै आ–आफ्नो तयारीमा लागिसक्नुभएको छ । हाम्रो पार्टी पनि उपनिर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ’, उहाँले भन्नुभयाे, ‘चुनावको तयारीमा लागिसकियो, जनताका बीचमा पुग्न थालिसकियो । गठबन्धनमा रहेका र बाहिर भएकाहरूको पनि हामीलाई मत आउँछ भन्नेमा म विश्वस्त छु ।’