Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


उपेन्द्रलाई जनताले भर्खरै अस्वीकार गरिसके, यति छिट्टै संसद्‍मा जानु हुँदैन : सीके राउत


1.2k
Shares

बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्नुभएकाे छ ।
आइतबार बारा–२ निर्वाचन क्षेत्र पुगेका अध्यक्ष राउतले यस्तो बताउनु भएकाे हाे ।

राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिट्टै फेरि संसदमा जान नसक्ने तर्क समेत गर्नुभयाे ।

राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताउनु भयाे।

राउतले भने, ‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन् । त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन् ।’