१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


उपनिर्वाचन : तनहुँ र चितवनमा बने गगन र विश्वप्रकाश कमान्डर


2.548k
Shares

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउन दुई महामन्त्रीलाई कमान्डरकाे रुपमा खटाएको छ ।

कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा कमान्डरकाे रुपमा खटाएको हो ।

समन्वयको जिम्मा पाएका उहाँहरुले सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागिता जनाउनु हुनेछ । मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्ने कांग्रेसकाे सचिवालयले जनाएकाे छ ।

कांग्रेसले उपनिर्वाचन हुने तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ ।
उपनिर्वाचन हुने अर्को क्षेत्र बारा-२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने भएको छ ।