
एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ ।
शनिबार भएको खेलमा लिभरपुल सिटीसँग ४–१ ले पराजित भएको हो ।
खेलको १७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए ।
४६ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ५३ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए । त्यसपछि ७४ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए ।
सिटीको २८ खेलबाट ६४ अंक पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्