Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


मन्त्री बन्दिन भन्दै हिडेका उपप्रधानमन्त्री खड्काले बाेली फेरे


221
Shares

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो बोलीको बचाउँ गर्नुभएको छ ।

पहिले मन्त्री बन्दिन भन्दै हिड्नु भएका खड्का मन्त्री बनेपछि उपप्रधानमन्त्री बन्दिन भनेर कहिल्यै नभनेकाे दावी गर्नुभएकाे हाे। शुक्रबार उपप्रधान एवं रक्षामन्त्री बन्नुभएका खड्काले शनिबार बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर शालिकमा माल्यार्पण गर्नुभएकाे हाे ।

शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले आफ्नो बोलीको आफैं बचाउँ गर्नुभएकाे छ । मन्त्री हुनुअघि खड्काले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा धेरै पटक मन्त्री बनिसकेको हुँदा अब मन्त्री नबन्ने तर अरुलाई मन्त्री बनाउने बताउँदै आउनुभएकाे थियाे ।