३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


एमालेले उम्मेद्वार टुंगो लगाउँदै


2.106k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको टुंगो लगाउने भएको छ ।

शनिबार पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र शनिबार बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उम्मेदवार तय गरिने रिमालको भनाई छ ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तय गरेको छ ।