७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा


3.367k
Shares

काठमाडौं । जनमत पार्टीबाट खानेपानी तथा सरसफाइ मन्त्री बनेका अब्दुल खानले राजीनामा दिनुभएकाे छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा राजीनामा दिनु भएकाे हाे ।

मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएकाे स्राेतकाे भनाइ छ ।

जनमत पार्टी मन्त्रालय बाँडफाँटमा उद्योग मन्त्रालय पाउनेमा ढुक्क थियो । तर खानेपानी मन्त्रालय नै कायम रहने कुरा बाहिर आएपछि मन्त्री खानले राजीनामा दिनुभएकाे हाे ।

पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि जनमतलाई उद्योग मन्त्री दिइने भनिएको थियो । तर सुरुमा बिनाविभागीय जिम्मेवारीमा रहेका खानलाई पछि खानेपानीको जिम्मा दिइएको थियाे ।