काठमाडाैं । बारागढी गाउँपालिकाकाे दुई वटा वडाकाे चार वटा टाेल तथा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घाेषणा कार्यक्रम गर्नुकाे साथै हस्तान्तरण गरिएकाे छ ।
बारागढी गाउँपालिका वडा नम्वर २ काे मलाही र वडा नम्बर ५ काे चरमतपथरा तथा वैरीयालाई सुरक्षित खानेपानीयुक्त समुदाय घाेषणा कार्यक्रम गर्नुकाे साथै हस्तान्तरण गरिएकाे छ ।
घोषणा कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले हामीले हाम्रो कार्यकालमा सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्न पाएकाेले गर्भ महशुस भएकाे बताउनु भयाे ।
साफा पानी सबै स्थानीयले पिउन पाउनुभएको छ यति तपाईहरुलाई सफा पानी छैन जस्ताे लाग्छ भने गाउँपालिकामा आएर जाँच गराउँदा हुने उहाँले जानकारी दिनुभयाे ।
आज २ वटा वडाकाे ४ वटा टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएकाे उहाँले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे,’युनिसेफकाे सहयोग र साथले आज यो कार्यक्रम सफल भएकोमा सबैलाई धन्यावाद दिन चाहन्छु।’ हामी सबै जना निरन्तर रुपमा लागिरहने एक दिन गाउँपालिकालाई नै सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्न सकिने बताउनुभयाे।
उहाँले पानी दुषित भएको शंका लागेमा गाउँपालिकामा रहेकाे नि:शुल्क पानी टेस्ट गर्ने मेसिनकाे व्यवस्था रहेको गरिएकाे छ । पानी नै हाम्रो जिन्दगानी हो भनेर उहाँले उल्लेख गर्नुभयो ।
उहाँले पालिकामा चेतनाको स्तर पहिलेभन्दा बढेको र सबैले स्वास्थ्यमा ध्यान दिएको हुनाले खुसी लागेको समेत बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’ यस अभियानमा युनिसेफको ठुलो सहयोगले नै आज यो अभियान सफल भएको हाे, अब रेखदेख गर्ने जिम्मेवारी तपाईहरुको रहेको उहाँले बताउनु भयाे ।
उहाँले भन्नुभयो,’गाउँपालिकाले एक दिन सफा गर्छ तर तपाईले सधै सफा गर्नुपर्छ, यसो गर्दा तपाईको स्वास्थ्य राम्रो हुन्छ। संघ/संस्थाले तपाईहरुलाई ट्वाइलेट बनाई दिएको छ, यसको सदुपयोग गरौं सफा वातावरमा बसौ सफा पानि पिउँ।’
त्यसैगरी पालिकाकी उपाध्यक्ष लक्ष्मी देबी रायले सफा पानी पिउन पर्नेमा जाेड दिनुभयाे ।
त्यस्तै खानेपानी शाखा प्रमुख उपेन्द्र शाहले पालिकाकै पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएकाे बताउनु भयाे । उहाँले पालिकाका अन्य भागमा पनि उक्त कार्यक्रम मोडलका रुपमा सञ्चालन गरिनेमा जाेड दिनुभयाे ।





प्रतिक्रिया दिनुहोस्