२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


नेदरल्यान्ड्सको पहिलो जित


299
Shares

एजेन्सी । नेदरल्यान्ड्सले युरोकप छनोटमा पहिलो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरमाथि ३–० को पहिलो जित निकालेको हो । यस अघि नेदरल्यान्ड्स फ्रान्ससँग ४–० ले पराजित भएको थियो ।

खेलको २३ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा नाथन एकेले गोल गर्दै नेदरल्यान्ड्सलाई दोब्बर अग्रता दिलाए । त्यसपछि, ८२ औं मिनेटमा नाथनले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३–० को जित दिलाए ।

खेलको ५१ औं मिनेटमा लियाम वाल्करले रातोकार्ड पाएपछि जिब्राल्टर १० खेलाडीमा समेटिएको थियो ।

पहिलो जितसँगै नेदरल्यान्ड्स दुई खेलबाट ३ अंक बटुल्दै समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । जिब्राल्टरको यो लगातार दोस्रो हार हो ।