
एजेन्सी । फ्रान्सले युरोकप छनोटमा रिपब्लिक अफ आयरल्याण्डलाई हराएको छ ।
सोमबार राति भएको खेलमा फ्रान्सले घरेलु टोली आयरल्यान्डमाथि १–० ले हराएको हो ।
फ्रान्सका लागि बेन्जामिन पाभर्डले निर्णायक गोल गरे । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै समूह ‘बी’ मा फ्रान्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो खेल खेलेको आयरल्यान्डले अंकको खाता खोल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्