
काठमाडौं । सर्वसाधारणलाई मुद्रा संकलनबारे जानकारी दिने उद्देश्यसहित नेपालमा पहिलो पटक मुद्रा प्रदर्शनी आयोजना गरिएको छ ।
नेपाल मुद्रक संकलक संघ र भारतको न्युमिसमेटिक सोसाइटी अफ कोलकाताको संयुक्त आयोजनामा सोमबारदेखि प्रथम अन्तराष्ट्रिय मुद्रा प्रदर्शशनी सुरु भएको हो ।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको प्रदर्शनीमा न्युमिसमेटिक सोसाइटी अफ कोलकाताको एक प्रतिनिधिमण्डलसहित १० वटा स्टल रहेका छन् । यहाँ पचास भन्दा बढी नेपाली मुद्रा संकलकका संकलन राखिएका छन् ।
आफनो सङ्कलन गरेको संग्रह प्रदर्शशनीमा राखेका छन् । तीनदिनसम्म चल्ने प्रदर्शनीमा नेपाल र भारतका प्राचिनकाल देखि हालसम्मका विभिन्न सिक्का, नोट व्यवस्थित किसिमले प्रदर्शन गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्