Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


मंगलबारदेखि सूर्य नेपाल च्यालेन्ज


169
Shares

काठमाडौं । प्रोफेसनल गल्फर एशोसिएशनको आयोजनामा हुन लागको सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि हुने भएको छ ।

काठमाडौंमा सोमबार प्रोफेसनल गल्फर एशोसिएशनले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबारबाट शुक्रबारसम्म आयोजना हुने जनाएको हो ।

रोयल नेपाल गल्फ क्लवमा हुने चार दिने प्रतियोगिता ७२ होलको हुने छ ।

प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी कुल ३८ खेलाडीले सहभागिता जनाउने संघका महासचिव दीपक आचार्यले बताउनुभयो । प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवी खड्का, राम मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउने छन् ।

नेपालका नम्बर एक शुक्र राईले भने भारतमा रहेको कारण प्रतियोगिता गुमाउने छन् ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसैगरी तेस्रोदेखि दशौं स्थान हासिल गर्नेले क्रमशः ४६, ३८, ३४, ३०, २७, २४, २२ र २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुने छन् ।