
काठमाडाैं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।
आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित हात पारेको हो । टियु मैदान कीर्तिपुरमा भएको खेलमा १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन मात्र बनायो ।
आजै भएको दोस्रो खेलमा कोशी प्रदेशले सानदार सुरुआत गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा कोशीले आयोजक ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गरेको हो ।
ललितपुर मेयर्स ११ ले दिएको ६६ रनको लक्ष्य कोशीले १२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आफ्नो पहिलो खेलमा जित हात पारेको कोशीले अंक तालिका तेस्रो स्थानमा रहेको छ । लगातार दुई खेलमा पराजित ललितपुर अंक बिहिन रहँदै अंक तालिकाको पुछारमा रहेको छ । लगातार दोस्रो जित हात पारेको नेपाल एपीएफ क्लब शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्