
काठमाडाैं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले आज सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल ‘बी’ समूहमा परेको हो ।
नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् । ‘ए’ समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।
समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्