१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


मेयर्स कप महिला ट्वान्टी–२० क्रिकेटमा एपिएफ सुदूरपश्चिमकाे विजय सुरुवात


104
Shares

काठमाडाैं । विभागीय टोली एपिएफ क्लव र सुदूरपश्चिम प्रदेशले आजबाट शुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल एपीएफ क्लवले मधेस प्रदेश र सुुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गरे । दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई ५१ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले १ सय ३८ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनायो । टियु मैदानमा नै भएको दोस्रो खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित ग¥यो । ५९ रनको लक्ष्य एपीएफले ७ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गरेको हो । एपीएफका लागि कप्तान सीता राना मगरले अविजित ४५ र ज्योती पान्डेले ८ रन बनाइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकोमा १९ ओभर ४ बलमा अलआउट हुदै ५८ रन बनायो । गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ ले प्रतियोगितामा सहभागीता जनाएका छन् । लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ । चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।